महानगरकाे मैत्रीपूर्ण फुटबल सुरू
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटबलको आयोजना गरेकाे छ । जनप्रतिनिधि र कर्मचारीबीच खेल सुरू भएकाे छ ।
दशरथ रंगशालामा मेयर र प्रमुख कार्यकारी अधिकृतको टीमले प्रतिस्पर्धा गरिरहेका छन् । अहिले मेयर बालेन शाहसहित नगरपालिकाको टीम रंगशाला पुगेपछि खेल सुरू भएकाे हाे ।
खेलकुद इभेन्ट संचालन उपसमितिसँगको समन्वयमा सामाजिक विकास विभागले खेलको आयोजना गर्ने महानगरले जनाएको छ ।
महानगरका अनुसार खेलकुदका लागि सामाजिक विकास विभागको कोषबाट ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । खेलकुदका लागि जर्सी, मोजा, क्याप, रेफ्री र राष्ट्रिय खेलकुद परिषदलाई भुक्तानी गर्नेसमेत सामाजिक विकास विभागले गर्ने छ ।
विहान गरिएकाे वाकथनका लागि प्रशासन विभाग र सूचना तथा प्रविधि विभागसँगकाे समन्वयमा रहेर महेश नेपालीले संयाेजन गरेका थिए भने यसका लागि महानगरले ५ लाख बजेट छुट्याएकाे थिाे ।