Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा मिस तामाङ हुने

सोमबार, मंसिर २६, २०७९

पोखरा–तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा मिस तामाङ हुने भएको छ । बैदाम तामाङ समाजले सोनाम ल्होसारको अवसरमा मिस तामाङ आयोजना गर्न लागेको हो ।


२८५९औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो सातौं संस्करण हो । सातौं मिस तामाङको प्रशिक्षण समेत शुरु गरिएको छ । तालिममा २० जना तामाङ समुदायका युवतीहरुको सहभागिता छ ।

युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदायप्रति उत्थान गर्ने उद्देश्य राखिएका आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए ।  


३५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ जातीको भाषा, संस्कृति, रहन सहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिमप्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिए । प्रतियोगितामा पोखराका युवतीहरु प्रतिस्पर्धामा छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्