नेभिगेशन
सुरक्षा–अपराध

नक्कली नोटसहित एक पक्राउ

काठमाडौँ— कैलालीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता छन् ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट पक्राउ परेका उनको साथबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका उनले उक्त नक्कली नोट ल्याएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ