उपत्यका बाहिरका ठूला सहरमा पनि बिजुलीको तार भूमिगत गरिने
काठमाडौँ— काठमाडौँ उपत्यका बाहिरका ठूला सहरहरूमा पनि बिजुलीका तारहरू अब भूमिगत गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यका बाहिरका ठूला सहरहरूमा बिजुलीका तार भूमिगत गर्ने तयारी गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकारणका काठमाडौँ उपत्यकाका जस्तै अन्य ठूला सहरहरूमा पनि बिजुलीको तारलाई भूमिगत गर्ने तयारी गरेको छ । । प्राधिकरणले ‘चितवन, विराटनगर, पोखरा, जनकपुर लगायत ठूला सहरहरूमा बिजुलीको तार भूमिगत गर्ने तयारीमा नेपाल विद्युत् प्राधिकरण लागेको छ । यसका लागि आवश्यक गृहकार्य गरिरहेका छौँ ।
महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, पानी पोखरी, बुढानीलकण्ठ, टोखा, गोङ्गबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा बिजुलीको तार भूमिगत बनाउने काम सुरु भएको थियो ।
प्राधिकरणका अनुसार रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने काम भइरहेको छ ।