राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएकाे अध्यादेश राष्ट्रपति कार्यालय आएकाे छैन: शितल निवास
काठमाडौँ— सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय आइनपुगेको शितल निवासले जनाएको छ।
उक्त अध्यादेश हालसम्म अनुमोदनका लागि राष्ट्रपति कार्यालय नआएको शितल निवासले जनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई आममाफी दिन अध्यादेश ल्याएको हो।
नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका दलका राजनीतिक कार्यकर्तालाई आममाफी दिन सरकारले अध्यादेश जारी गरेको हो।
ती मन्त्रीका अनुसार अध्यादेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै राजनीतिक सजाय भोगिरहेका नेता तथा कार्यकर्तालाई आममाफी दिने प्रावधान राखिएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १५:१५
प्रतिक्रिया दिनुहोस्