१६ अंकले बढ्यो नेप्से
काठमाडौँ–साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमा १ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.९७ अंकले बढेको हो । योसँगै १५८ कम्पनीको सेयर बढेको, ४१ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २२ हजार ९९३ पटकको खरिदबिक्रीमा ४४ लाख ७० हजार कित्ता सेयर बिक्री भएको हो । दुई कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढे पनि लगानीकर्ताले ९.९३ प्रतिशतसम्म गुमाएका छन् । नबिल बैंकको २१ करोडको सेयर कारोबार भएको छ । यो नै सर्वाधिक कारोबार हो ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १६:०५
प्रतिक्रिया दिनुहोस्