Nic Ad Nic Ad
Nic Ad Nic Ad

कपालभाती प्राणयम विधि र यसको महत्व

मंगलबार, मंसिर २७, २०७९

काठमाडौँ । कुनै पनि सजिलो आसनमा ढाड र गर्धन सिधा गरेर बस्नुहोस् । दुईटै हातलाई ज्ञानमुद्रामा राख्नुहोस् । आँखा बन्द गर्नुहोस् । मुखलाई बन्द राखेर नाकबाट श्वास फाल्नुहोस् र सँगसँगै पेटलाई भित्र तान्नुहोस् । श्वासलाई तान्नमा जोड नदिनुहोस्, जति तानिन्छ आफै तानिन्छ । अनुहारलाई नबिगारी १० देखि २० मिनेटसम्म गर्नुहोस् । 


लाभ

– शक्ति संचार गराएर मनलाई शान्त पार्छ ।
–मधुमेह, ब्रोन्काइटिस, छालासम्बन्धी समस्या, दम, मोटोपन आदिमा लाभ दिन्छ ।
–पाचन–प्रणालीसम्बन्धी रोमगा लाभ मिल्छ ।
–कब्जियत हटाउन सघाउँछ ।
–एकाग्रता बढाउँछ ।


नोटः उच्च रक्तचापका विरामी, मुटुका रोगी, हर्निया तथा रिँगटा लाग्ने रोगीहरुले यो प्राणायम गर्नु हुँदैन ।

साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्