गुरुको आसन सधैँ माथि हुन्छ : एक प्रेरक प्रसङ्ग
काठमाडौँ । बुद्धका शिष्य आनन्दले उनलाई सोधे- ज्ञान बाँड्ने बेलामा तपाईं माथि बसेर हामीलाई तल भुइँमा किन बसाउनुहुन्छ ?
बुद्धले उत्तर दिए- आनन्द, तिमीले कहिल्यै झरनाको पानी पिएका छौ ?
पिएको छु, धेरै पटक ।
तिमीले झरनाभन्दा माथि उभिएर पानी पिएका थियौ वा तल उभिएर ? झरनाको पानी माथिबाट तल झर्छ । पानी पिउने मानिसले त तलतिर बसेर मात्रै पिउन सक्छ ।
त्यसो भए झरनालाई सधैँ माथिबाट तल बग्नुपर्ने हुन्छ । आनन्दले गहिराइबाट विचार गरे र बुद्धप्रति नतमस्तक भए ।
केही समयपछि बुद्धले भने- त्यसैले जसले ग्रहण गर्छ, उसले तल बसेर नै ज्ञान हासिल गर्छ । यही कारण हो, गुरुको आसन सधैँ माथि हुन्छ ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ ०९:४४
प्रतिक्रिया दिनुहोस्