विवाहको १० वर्षपछि आमाबुवा बन्दै रामचरण र उपासना
काठमाडौं– दक्षिण भारतीय अभिनेता रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाह भएको १० वर्षपछि आमा बुबा बन्न लागेका छन् ।
यो जोडी आफ्नो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न तयार छन् । रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाहको १० वर्षपछि छिट्टै आमाबुवा बन्न लागेका छन् । दुबैले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै फ्यानलाई यो खुसीको खबर दिएका छन् ।
राम चरणका पिता र तेलुगु फिल्मका मेगास्टार चिरञ्जिवीले सोसल मिडियामा यो खुसीको खबर सेयर गरेका हुन् । चिरञ्जिवीले सोसल मिडियामा हनुमानको एक तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
यो तस्बिरमा उनले लेखेका छन्, ‘श्री हनुमानजीको कृपाले, हामीलाई यो घोषणा गर्दा निकै खुसी लागेको छ कि उपासना र राम चरण आफ्नो पहिलो सन्तानलाई जन्म दिन लागेका छन् ।’
यो खुसीको खबर सुनेपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्म रामचरण र उपासनालाई बधाई दिइरहेका छन् । रामचरण र उपासनाले १४ जुन २०१२ मा विवाह गरेका थिए ।
विवाहअघि दुवैले १ वर्ष एक अर्कालाई डेट गरेका थिए । रामचरण र उपासना तेलुगु फिल्म उद्योगका चर्चित जोडी मध्ये एक हुन् ।