इको इन्फिनिटीको नयाँ शोरुम बौद्धमा
काठमाडौँ— नेपालका लागि न्यु (एनआईयू) इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले बौद्धमा नयाँ शोरुमका स्थापना गरेको छ ।
शोरुमको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । यो शोरुमन्युुको काठमाडौँ उपत्यकामा ५ औं शोरुम हो ।
विगत ५ वर्षदेखि इको इन्फिनिटी प्रालि ले यो स्कुटर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । करिव २ हजार १ सय न्यु स्कुटर नेपाली बजारमा बिक्री भइसकेका छन् ।
ग्राहकले ब्याट्रीको स्टाटस, राइडिङ हिस्ट्री लगायतका कुरा आफै हेर्न सक्ने सुविधा यसमा रहेको छ । बिक्रीपछिको सेवा तथा सुविधा पनि राम्रो रहेका कारण पनि ग्राहकको रोजाईमा न्यु पर्ने गरेको कम्पनीको दावी छ ।
न्युका अन्य शोरुमहरु काठमाडौंको दरवार मार्ग, झम्सिखेल, बुटवल, झापाको बिर्तामोड, भक्तपुरको सुर्यविनायक र पोखरामा छन् । टेकु र इटहरीमा शोरुम उद्घाटनको तयारी भइरहेको बताइएको छ ।
इको इन्फिनिटीको मुख्य उद्देश्य शहरी गतिशीलताका लागि ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्नु रहेको कम्पनीका डाइरेक्टर प्रगुन राजभण्डारीले बताए । इको इन्फिनिटीले सस्तो मूल्यमा पर्यावरण मैत्री सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीका डाइरेक्टर तरुन बज्राचार्यले जानकारी दिए ।
इको इन्फिनिटी नेपाली बजारमा नम्बर प्लेट प्राप्त गर्ने पहिलो सफल ई–स्कुटर कम्पनी हो । विभिन्न बैंकबाट फाइनान्स सुविधा उपलब्ध रहेको प्रालिले जनाएको छ ।
पेट्रोलको मूल्य बढ्दै गइरहेको सन्दर्भमा विद्युतीय स्कुटर तथा सवारी नेपाली बजारमा अझै बढी आवश्यकता महसुस भइरहेको छ । विद्युतीय साधन मन पराउने ग्राहकका लागि न्यु उपयुक्त रहेको कम्पनीको दाबी छ ।