कुमारी बैंक लाई ‘एक्सिलेन्स इन ई कमर्श विजनेस २०२२’ अवार्ड
काठमाडौँ— कुमारी बैंक ‘एक्सिलेन्स इन ई कमर्श विजनेस २०२२’ अवार्डबाट सम्मानित भएकोे छ । भिसा इन्टरनेसनले कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा यो अवार्ड प्रदान गरेको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे छ । आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ।
एयकत लबखष्नबतष्यल
एचभखष्यगकस्