Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मीमा स्वास्थ्य बीमा सेवा लिन झन्झट

मंगलबार, मंसिर २७, २०७९

गुल्मी–आम नागरिकले प्रत्याभूति गर्ने स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम झन्झटिलो भएको गुल्मीका सेवाग्राहीले गुनासो गरेका छन् । २१ माघ २०७६ देखि गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको छ । 


सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमको महत्व र प्रभावकारिताबारे सेवाग्राहीले बुझ्न थालेपछि जिल्लामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । स्वास्थ्य बीमा कार्यक्रमले नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामीलाई राहत दिए पनि उपचारमा जाँदा विभिन्न प्रक्रियाले ढिलाइ हुने गरेको सेवाग्राही सुलोचन थापालेले गुनासो गरिन् ।


३ हजार ५०० रुपैयामा १ परिवारका ५ जना सदस्य भएको परिवारले १ लाख बराबरको स्वास्थ्य सेवा पाउँछन् । परिवारका सदस्य बढी भएमा प्रतिव्यक्ति ७ सय तिरेर वार्षिक २० हजारका दरले स्वास्थ्य सेवा पाउने गर्दछन् । स्वास्थ्य बीमा गर्न प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गर्ने र स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्य रहे पनि अस्पतालमा आकस्मिक बाहेक अन्य सेवामा बीमा भए पनि उपचारको प्रक्रिया एकनास नभएको गुल्मी अस्पतालमा सेवा लिन आएका सेवाग्राही चुरामणी आर्चायले बताए । 


आर्थिक वर्ष २०७६/७७ मा ७ हजार ८१७, ७७/७८ मा ५८ हजार ३९२ र ७८/७९ मा ९७ हजार २४३ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड गुल्मीले जनाएको छ । बीमा गरे पछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउन नीति नै परिवर्तन गर्नुपर्ने स्वास्थ्य बीमा वोर्ड गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटी बताउँछन् । 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार