Nic Ad Nic Ad
Nic Ad Nic Ad

साताको तेस्रो दिन सेयर बजार २.५७ अंकले घट्यो

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार २.५७ अंकले घटेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो । मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् । मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्