Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्रमिक रूपमा बढ्दै छ चिसो

बुधबार, मंसिर २८, २०७९

काठमाडौँ । अहिले देशभर क्रमिक रूपमा तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको छ ।

 

तापक्रम घट्ने हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने नभएको महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

 

दिउँसो प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

 

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्