कपाल भाती प्राणायाम विधि र यसको महत्त्व
काठमाडौँ – कुनै पनि सजिलो आसनमा ढाड र गर्धन सिधा गरेर बस्नुहोस् । दुइटै हातलाई ज्ञान मुद्रामा राख्नुहोस् । आँखा बन्द गर्नुहोस् । मुखलाई बन्द राखेर नाकबाट श्वास फाल्नुहोस् र सँगसँगै पेटलाई भित्र तान्नुहोस् ।
श्वासलाई तान्नमा जोड नदिनुहोस्, जति तानिन्छ आफै तानिन्छ । अनुहारलाई नबिगारी १० देखि २० मिनेटसम्म गर्नुहोस् ।
लाभ
– शक्ति सञ्चार गराएर मनलाई शान्त पार्छ ।
– मधुमेह, ब्रोन्काइटिस, छालासम्बन्धी समस्या, दम, मोटोपन आदिमा लाभ दिन्छ ।
– पाचन–प्रणालीसम्बन्धी रोगमा लाभ मिल्छ ।
– कब्जियत हटाउन सघाउँछ ।
– एकाग्रता बढाउँछ ।
नोट : उच्च रक्तचापका बिरामी, मुटुका रोगी, हर्नियाँ तथा रिँगटा लाग्ने रोगीहरूले यो प्राणायाम गर्नु हुँदैन ।
साभार: ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ ०८:३९
प्रतिक्रिया दिनुहोस्