Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावनाकाे चर्चा

बुधबार, मंसिर २८, २०७९

काठमाडौँ – अर्जेन्टिनाले नै विश्वकप २०२२ जित्ने धेरैले आकलन गर्न थालेका छन् । बुधबार कतारको लुसाइल रंगशालामा सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेपछि अर्जेन्टिनाको सम्भावनाका बारेमा चर्चा हुन थालेको हो । 

 

फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को  फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । 

 

कतारमा भइरहेको विश्वकपको गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राखेका छन् । उनले कतारमा भइरहेको विश्वकपको दौरान ५ गोल गरिसकेका छन् । 

 

पाँचौ पटक विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाए । 


विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाएका मेस्सीले कतार विश्वकपमा ५ गोल गरिसकेका छन् ।  

 


अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जिते यता अर्को उपाधि जित्न सकेको छैन । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो । 

 

अर्जेन्टिनाले  क्रोएसियालाई हराएर सन् २०१८ को विश्वकपको समूह चरणमा भोगेको ३–० को पराजयको पनि बदला लिएको छ । 
यसैबीच मेस्सीले विश्वकपमा २५ म्याच खेल्ने जर्मन खेलाडी लोथर म्याथुससँग बराबरी गरेका छन् । 

 

बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको ५ मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाए  । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका उनले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल भएका हुन् । 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्