Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वार्थ र लोभले मानिसलाई सन्तुष्टि दिँदैन

बुधबार, मंसिर २८, २०७९
काठमाडाैँ – स्वार्थी दृष्टिकोणका व्यक्ति वा संस्थाहरूलाई उन्नत बन्ने कुनै अधिकार रहँदैन ।
 
उनीहरू अरूको हितको वास्तै नगरी आफू मात्रै अगाडि बढ्ने सोच राख्छन् । लोभ जहिले पनि अझ बढीभन्दा बढी चाहन्छ ।
 
आवश्यकता ढिलो चाँडो पूरा हुनसक्छ; लोभ भने कहिल्यै पूरा हुन सक्दैन । त्यसैले लोभलाई आत्माको क्यान्सर भनिन्छ । लोभले को आफ्नो, को अरूको ? त्यो पनि हेर्दैन । टाढाको त कुरै छोडौँ, आफन्त र नाता सम्बन्धसमेत बरबाद गरिदिन्छ ।
 
आत्मसम्मानको कमीले गर्दा नै लोभ उत्पन्न हुन्छ । यसले व्यक्ति उसैलाई झूटो गर्व गरी गरी रमाइराख्न खुबै सघाउँछ । लोभबाट बच्नलाई आफूसँग भएका साधनका सीमा बाँच्न र सन्तुष्ट हुन सक्नुपर्छ । सन्तुष्ट हुनुको अर्थ असल आकाङ्क्षाहरूलाई नै छोड्नु भन्ने चाहिँ होइन ।
 
 
साभार: ‘तपाईँको जित’ पुस्तकबाट
 
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार