Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक सञ्जालमा समीक्षाको लुकामारी, लेखिएको स्टाटस किन हटाइन् ?

बुधबार, मंसिर २८, २०७९

काठमाडौं–‘मलाई आत्तिने गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन’ गायिका समीक्षा अधिकारीले हालै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो यो । आखिर के भयो गायिका समीक्षालाई अनि दुनियाँलाई तर्साएर त्यो स्टाटस तुरन्दै हटाइन् ।


२ दिन अघि फेसबुकमा समीक्षाले यहि स्टाटस लेखेकी थिइन् । उक्त स्टाटस अरु बेलाको जस्तो सामान्य भने पक्कै थिएन । नायक पल शाहसँग नाम जोडिएर कानुनको ढोकासम्म पुगेकी गायिका समीक्षालाई एक्कासी के भयो ? भन्ने सबैको ध्यान गएको छ । उनका शुभचिन्तकहरुले यस विषयमा आ–आफ्नो धारणा समेत व्यक्त गरे । स्टाटस पास्ट गर्ने बित्तिकै सामाजिक सञ्जाल समीक्षाको यो कुरालाई नै लिएर भरिए । अन्ततः उनले आफूले लेखेको उक्त स्टाटस तत्कालै हटाइन् ।  उनले स्टाटस हटाए पनि सबैको ध्यान भने अहिले पनि त्यसमै छ । समीक्षाले आखिर यस्तो किन लेखिन् भन्ने प्रश्न तर त्रास सबैको मनमा अहिले पनि विद्यमान नै छ ।


अदालतमा विचाराधीन रहेको पल र समीक्षाको यो मुद्दामा पल भने सजाय काटिरहेको छ । यता न्यायको मुखैमा पुगेकी समीक्षा भने ‘आफूलाई गाह्रो भएको र अब बाँच्न सक्दिन’ भनेर हरेश खाएको देखिन्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्