नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच व्यवसायिक सम्झौता
काठमाडौँ– नेपाल रेमिट इन्टरनेशनल र प्रभु म्यानेजमेन्टबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लिको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन ।
यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लिको मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनलले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।
बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमाकामगर्दे आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवाप्रदानगर्दै आएको नेपालरेमिट इन्टरनेशनलप्रा.लि र बिगत एक दशकदेखि रेमिटान्स क्षेत्रमाकामगर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लिबिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्तगर्न थप सरल छिटो र छरितो हुने अपेक्षागरिएको छ । प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन् ।