के गुलाबी स्कार्फ लगाउनु पाप हो?
काठमाडौँ— अफगानिस्तानमा तालिवानको शासन जारी भएसँगै पछिल्लो समय महिलाहरू प्रति नियम कानुन थप कडाइका जारी गरिएको छ । जसको विरोध गर्दै यहाँका महिलाहरूले समय समयमा प्रर्दशन समेत गर्ने गरेका छन् ।
बेलाबेलामा हुने प्रदर्शनको नेतृत्व अफगानी महिलाहरूले गर्दै आएका छन् । उनीहरूले ‘रोटी, काम, आजादी’ नारा सहितका ब्यानर बोकेर काबुल र अन्य सहरका गल्लीहरूमा र्याली गरिरहेका छन् ।
परान्दा आफूलाई महिला जस्तो महसुस गराउन गुलाबी लुगा लगाउन रुचाउँछिन् । तर अफगानिस्तानमा महिलाहरूले के लगाउने भनेर छनोट गर्नु अहिले दैनिक संघर्ष भएको उनी बताउँछिन् । तालिवान शासनमा कडा कानूनहरू बनाइएका छन् जसमा प्रायजसो जबरजस्ती लागू गरिन्छ । यस रूढिवादी समाजमा, अफगान महिलाहरू टाउको ढाक्ने विरुद्ध नभएर केवल के लगाउने भनेर छनौट गर्ने पाउनु पर्ने अधिकारको लागि लडिरहेका छन् ।
कवि हफिजुल्लाह हमिम लेख्छिन् “पुरानो अवस्थामा जानु सजिलो छैन तर अगाडि बढ्नु झनै गाह्रो छ । महिलाहरूको अधिकारको लागी भनेर समय समयमा हुने प्रर्दशनमा पनि उनीहरूलाई जबरजस्ती हिरासतमा राखिएको छ । उनी भन्छिन् कतिपय महिला त हिरासतमै बेपत्ता समेत भएका छन् । आफूहरूले केवल महिलाहरूलाई काम गर्ने स्वतन्त्रता र केटीहरूको शिक्षाको माग राख्ने गरेको उनको भनाई छ ।
अफगानिस्तानमा सरकार परिवर्तन भैरहनेछ तर पितृसत्ता उस्तै भने उस्तै रहने गरेको प्रर्दशनकारी महिलाहरू बताउँछन् । अफगान महिलाहरू लामो समयदेखि पुरुषहरूले बनाएका नियमहरूद्वारा बाँचेका छन् । परान्डा जस्ता महिलाहरू, विशेषगरी सहरमा बस्ने शिक्षित महिलाहरूले घरभित्रै बस्न अस्वीकार गरेका छन् । उनी लेख्छिन् देश एउटा सङ्कटबाट अर्को सङ्कटबाट गुज्रिरहेको छ । तर पनि परिवर्तनको आशा भने राख्न छाडेका छैनौँ ।
बीबीसी हिन्दीबाट भावानुवाद गरिएकाे