Nic Ad Nic Ad
Nic Ad Nic Ad

इरानमा मानवाधिकार हनन गर्नेविरुद्ध प्रतिबन्ध

बुधबार, मंसिर २८, २०७९

संयुक्त राज्य अमेरिकाले इरानमा मानवअधिकार हनन गर्नेविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । इरानमा जारी प्रदर्शन र त्यसमा सहभागी भएकाहरूप्रति प्रशासनले दमन गरेकाले प्रतिबन्ध लगाउनुपरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले स्पष्ट गरेका हुन । 

विश्वका अन्य देशसँग मिलेर इरानी दमनको निन्दा गरिएको बताउँदै उनले सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा दमन हुननहुनेमा जोड दिए । युरोपेली सङ्घको विदेश मन्त्रीहरूले पनि इरानी धार्मिक नेता, वरिष्ठ अधिकारी र उच्च सरकारी कर्मचारीमाथि प्रतिबन्धको घोषणा गरेका छन् । 

 

सरकार विरोधी प्रदर्शनमा उत्रेका दुई जनालाई दोस्रो पटक सार्वजनिक मृत्युदण्ड दिएपछि अमेरिका र युरोपेली देशले इरानमाथि प्रतिबन्ध लगाएका हुन् । गत सोमबार पनि मानव अधिकार उल्लङ्घनको आरोपमा २० व्यक्ति र एक संस्थामाथि प्रतिबन्ध लगाइएको थियो । रुस र अफगानिस्तान, भेनेजुएला, इरान, चीन र अन्य देशमा पनि मानवाधिकारको स्थिति दयनीय भएकामा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । 

 

यसअघि अमेरिकाले मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको थियो । बाइडेन प्रशासनले लगाउने प्रतिबन्धबाट अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रा गर्न नपाइने तथा व्यापारिक कारोबार पनि बन्द हुनेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्