माेरक्काे हराउँदै फाइनमा पुग्याे फ्रान्स
काठमाडौँ – फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको पाइनमा पुगेको छ । साविक विजेता फ्रान्सले कतारमा जारी विश्वकप २०२२ को हिजोको खेलमा मोरक्कोलाई २–०ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
थियो हर्नान्डेजको र रानदाल कोलो मुआनीले गरेका दुई गोलका कारण फ्रान्स फाइनलमा प्रवेश गरेको हो । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा लिएको १–० गोलको अग्रता मुआनीले ७९औं मिनेटमा दोब्बर पारे । मुआनीले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै फ्रान्सका लागि विजयी गोल गरे ।
ओसुमाने डेम्बेलेको स्थानमा मैैदान प्रवेश गरेका मुआनीले ‘फस्ट चट’ मै गोल गरेका थिए । मुआनीको गाल विश्वकप इतिहासमा सब्सिट्युट खेलाडीले गरेको दोस्रो छिटो गोल हो । यसअघि सन् १९६२ मा ब्राजिलका सेलेकोले गरेका थिए ।
पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले निर्धारित समयसम्म गोल गर्ने कहि अवसर पाएपनि फिनिसिङमा चुकेको थियो ।
फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दोस्रो पटक फाइनल पुग्ने पहिलो टिम बनेको छ । यस्तै, सन् १९९० मा जर्मनी पछि लगातार फाइनल पुग्ने पहिलो युरोपियन राष्ट्र बनेको थियो ।