चुट्किला
रुखो जीवन
शिक्षक : हरि तिमी भन त रुखो जीवन भनेको के हो ?
हरि : जहाँ केही पनि उब्जँदैन ।
शिक्षा : उदाहरणको रूपमा ?
हरि : जस्तो तपाईँको खुइले टाउको ।
मान्छे लामखुट्टेभन्दा साना !
पहिलो लामखुट्टे : ओइ, भन् त मान्छेहरू हामीभन्दा कति गुना साना हुन्छन् ?
दोस्रो : कहाँ साना हुनु नि ? लाखौँ गुना ठुला हुन्छन् नि ।
पहिलो : हैन मान्छेहरू हामीभन्दा १० गुना साना हुन्छन् ।
दोस्रो : कसरी ?
पहिलो : ए मूर्ख, तिनीहरू हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलमा कसरी छिर्छन् त ?
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ०७:४४
प्रतिक्रिया दिनुहोस्