उज्जायी प्राणायाम विधि र यसको महत्त्व
काठमाडाैँ – कुनै पनि सरल आसनमा बस्नुहोस् । चिउँडोले छातीमाथि घाँटीमा रहेको खोपिल्टोमा हल्का दबाब दिनुहोस् र बिस्तारै श्वास तान्नुहोस् । तान्दा जति समय लागेको थियो त्यति नै समय रोक्नुहोस् र दोब्बर समय लगाएर बिस्तारै नाकबाट श्वास फालिदिनुहोस् ।
लाभ
– श्वास नरोकी गर्ने हो भने उच्च रक्तचापमा समेत लाभ दिन्छ ।
ध्यान दिनुपर्ने कुरा
– धेरै समय श्वास रोक्दा जालन्धर र मूल बन्द गर्नुपर्छ । सुरुमा योग शिक्षकको सल्लाहमा गर्नु राम्रो हुन्छ ।
– निम्न रक्तचाप बिरामीले यो प्राणायाम नगर्नु राम्रो हुन्छ ।
– कुनै–कुनै डिप्रेसनलाई यसले अझै उदासीन गर्ने भएकोले विचार पु¥याउनुपर्छ ।
साभार: ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ०७:५६
प्रतिक्रिया दिनुहोस्