महाकवि कालिदासका केही अमर वाणीहरू
१. विषय भोग तत्कालका लागि रमणीय लाग्दछ तर अन्त्यमा सन्ताप दिन्छन् ।
२. अनिष्ट व्यक्ति भेटिँदा शून्य स्थान पनि हराभरा लाग्दछ । विपत्ति पनि उत्सव तुल्य हुन्छ । तिनीसँगको विवाद पनि लाभ पुर्याउने हुन्छ ।
३. सज्जन न्यायको पक्षमा लाग्दछन् ।
४. काम (विषय–भोग) लाई श्रद्धा गरेमा तिनले ठग्दछन्, प्रेम गर्दा हानी पुर्याउँछन् ती कष्टदायक शत्रु हुन् ।
५. मनमा करुणा छैन भने कुनै काम पनि गर्न कठिन हुँदैन ।
६. विपत्तिको पछाडि विपत्ति र सम्पत्तिको पछाडि सम्पत्ति नै आउँछ ।
७. प्राण लिएर पनि मित्रको प्राण रक्षा गर्नुपर्दछ ।
८. महात्माहरूको प्रभाव हामीले सोचेको सीमाभन्दा पर हुन्छ ।
साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ०८:०८
प्रतिक्रिया दिनुहोस्