तोलामा ७ सयले घट्यो सुनको भाउ
काठमाडौँ–बजारमा साताको कारोबारको पाँचौ दिन सुनको भाउ बिहीबार तोलामा ७ सय रुपैयाले घटेको छ ।
तोलामा ७ सय रुपैयाले घटेको छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैया कायम भएको छ । बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन बिहीबार ७ सय रुपैयाले घटेर प्रति तोला १ लाख ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैया कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैया रहेको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाले घटेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ११:४३
प्रतिक्रिया दिनुहोस्