तेस्रो ‘बेस्ट मेनेज्ड कमर्सियल बैंक’ अवार्ड राष्ट्रिय वाणिज्यलाई
काठमाडौँ–राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्स’ कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल बैङ्क अफ दि इयर २०२२’ अवार्ड प्राप्त गरेको छ ।
सो अवार्ड बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरे । अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यवसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप अवार्ड प्रदान गरे ।
सन् २०१३ देखि न्यू बिजनेश एज प्रालिले व्यवसायिक संस्थाहरूले गरेको विभिन्न व्यवसायिक कार्य प्रगतिको आधारमा अवार्ड प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय वाणिज्य बैङ्कको हाल ७ वटै प्रदेश र ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंङ्किग सेवा रहेको छ ।