Nic Ad Nic Ad
Nic Ad Nic Ad

विषाक्त रक्सी सेवन गर्दा बिहारमा २३ जनाको मृत्यु

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं–भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा २३ जनाको मृत्यु भएको छ । छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको छ । उनका अनुसार २ जनाको पटनाको पीएमसीएचमा मृत्यु भएको हो ।


प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका थिए । त्यसपछि उनीहरुलाई छपराको सदर अस्पतालमा भर्ना गरिएको थियो ।


सारणका एसपी सन्तोष कुमारले १६ जनाको पोस्टमार्टम भइसकेको र केही व्यक्ति बिरामी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताए । बिहारमा रक्सी पिउनु प्रतिबन्ध भएकाले बिरामीहरुले विभिन्न अस्पतालमा चुपचाप उपचार गराइरहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्