ओबरोय परिवारले गरे पशुपति दर्शन
काठमाडौँ– सपरिवार नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओबरोयले बिहीबार पशुपतिनाथको दर्शन गरेका छन् । उनी बुबाआमा, पत्नी र छोराछोरीसहित एक साताका लागि नेपाल घुम्न आएका हुन् । बुधबार साँझ नेपाल आइ पुगेका उनी बिहीबार बिहान पशुपतिको पूजाअर्चना गरेका हुन् ।
पशुपति मन्दिरमा ओबरोय परिवारलाई हेर्न प्रशसंक झुम्मिएका थिए । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् । पशुपतिमा पूजापछि बाहिरिंँदा उनीहरुले फ्यानसँग तस्वीर खिचाएका थिए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको विवेकले बताए ।
पशुपति दर्शनपछि चन्द्रागिरि घुम्न जाने कार्यक्रम रहेको पनि ओवरोयले बताए । चन्द्रागिरीपछि बिहीबार नै पोखरातर्फ प्रस्थान गर्नेछन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् ।
त्यहाँबाट पोखरा फर्किएर भैरहवा हुँदै लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनीबाट काठमाडौं फर्किएर स्वदेश फर्कने उनीहरुको योजना छ । नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले ओबरोय परिवारलाई व्यवसायी पुनम यादवले ल्याएकी हुन् ।