फिल्म पठानको गीत ‘बेसरम रंग’ विवादमा
काठमाडौं–बलिउड सुपरस्टार शाहरुख खान तथा अभिनेत्री दीपिका पादुकोणको अभिनय रहेको फिल्म पठानको गीत ‘बेसरम रंग’ सार्वजनिक भएलगत्तै विवादित बनेको छ ।
गीत सार्वजनिक हुने बित्तिकै भाइरल भएको छ तर सामाजिक संजालमा यसको विरोध सुरु भएको छ । केही मानिसहरुले गीत बहिस्कार गर्नुपर्ने माग गरेका छन् । गीतमा दीपिका र शाहरुख खानको केमेस्ट्री देखाइएको छ । एक ठाउँमा दीपिकाले गेरू रंगको बिकिनी लगाएकी छन् ।
सोही रङको विषयलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले विरोध जनाएका छन् । केही मानिसहरुले यो गीतलाई भद्दा र अश्लिल भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले हिन्दुहरुको भावनामा चोट पु¥याउने बताएका छन् ।
दीपिकाले गीतमा गेरु रंगको बिकिनी लगाएको अनि गीतको बोल ‘बेसरम रंग’ भएको भनी एक ट्विटर प्रयोगकर्ताले आपत्ति जनाएका छन् । गेरु रंग भारतीय संस्कृतिमा पवित्र मानिन्छ र सन्यासीहरुले यस्तो रंगको वस्त्र लगाउने गर्छन् । बिकिनीलाई गेरु रंगको किन बनाएको भनी प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । यसका साथै यो गीतको धुन चोरिएको आरोप पनि लगाइएको छ ।
जैन नामक संगीतकारको माकेबा भन्ने गीतबाट यसको धुन चोरिएको एक ट्वीटर प्रयोगकर्ताले दाबी गरेका छन् । अर्का ट्वीटर प्रयोगकर्ताले फिल्म पठानको यो गीत बलिउडमा चलिरहेको धार्मिक एजेन्डाको उदाहरण भएको बताएका छन् । केही प्रयोगकर्ताले दीपिका पादुकोणलाई जेएनयू गिरोहको सदस्य पनि भनेका छन् । अर्का एक प्रयोगकर्ताले पठानमार्फत् बलिउडमा सफ्ट पोर्न सेवा गरिरहेको आरोप लगाएका छन् ।
शाहरुख खान ४ वर्षपछि फिल्म पठानबाट ठूलो पर्दामा फर्किएका छन । पठान आगामी २५ जनवरीमा हलमा रिरिज हुँदैछ ।