Nic Ad Nic Ad
Nic Ad Nic Ad

महंगी बढ्यो, मुद्रास्फीति ८.०८ प्रतिशत पुग्यो

तराइमा सबैभन्दा बढी महंगी
बिहीबार, मंसिर २९, २०७९


काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो महिनाबाटै मुद्रास्फीति बढिरहेको छ । मुद्रास्फिर्ति चापमा पर्दा उपभोक्ताको बजार मूल्य बढेको छ । यसले महंगी बढाएको छ । चौथो महिनासम्म आइपुग्दा पनि मुद्रास्फीतिमा चाप जारी छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चालु (आव)मा मुद्रास्फीति ७ प्रतिशत भित्र राख्ने लक्ष्य लिएका थिए ।

 

पहिलो चौमासिकसम्म आइपुग्दा मुद्रास्फीति ८.०८ प्रतिशत देखिएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति असोज मसान्तसम्म ८.५० प्रतिशत रहेको थियो । अघिल्लो आवको कात्तिक मसान्तसम्म भने मुद्रास्फीति ६.०४ प्रतिशत मात्र रहेको थियो । चालु आवमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

 

उपसमूहगत रुपमा हेर्दा रेष्टुरेन्ट र होटलमा १५.९७ प्रतिशत मूल्य बढेको छ । त्यसको तुलनामा सुर्तीजन्य पदार्थ र मदिराको मूल्य कम बढेको छ । यसमा ९.३३ प्रतिशतको मात्र मूल्य बढेको पाइएको छ । खाद्य र खाद्यजन्य पदार्थको मूल्य ९.१९ प्रतिशत र मदिराको ८.८४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि तराईमा सबैभन्दा धेरै ८।.५२ प्रतिशत, पहाडमा ८।०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्