नेहा चौधरी र कुमारी आमा निहारिक राजपुतलाई प्रहरीले पक्राउ गर्यो, रामगोपालपुर तनावग्रस्त
काठमाडौँ– महोत्तरीको रामगोपालपुरमा सडक आन्दोलनमा उत्रेकी नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । सासु र ससुरालाई समेत पक्राउ गर्नुपर्ने भन्दै मध्यान्हबाटै नेहाले कुमारी आमा निहारिका र स्थानीयको सहयोगमा सडक आन्दोलनमा थिइन् । सवारी साधन तोडफोड गरेपछि नेहा र निहारिकालाई नियन्त्रणमा लिएको महतोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।
प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जलेश्वर लगेको छ । एसपी पङ्गेनीले उनीहरुलाई के गर्ने विषयमा सल्लाह गरिरहेको बताए । दहेजको निहुंमा नेहालाई श्रीमान पंकज चौधरी, सासु र ससुरा कुटपिट गरी घरबाट निकालेका छन् । पंकजले अदालतमा डिभोर्स मुद्दा चलाएपछि उनीमाथि नेहाले घरेलु हिंसा र दाईजो विरुद्ध मुद्दा दर्ता गराएकी छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १८:२०
प्रतिक्रिया दिनुहोस्