काठमाडौँमा यसरी मनाइयो झण्डा दिवस (फोटोफिचर)
काठमाडौँ । पुष १ अर्थात् झण्डा दिवश। आजको दिन नेपालमा झण्डा दिवश मनाउने गरेको छ। देश र राष्ट्रप्रति प्रेम भाव झल्काउदै रास्ट्रीयताको प्रतिक झण्डा फर्फरौदै देशका विभिन्न ठाउमा यो दिवश मनाउने गरेको छ।
राजधानीमा पनि आजैको दिन स्वतन्त्र युवा तथा देशप्रेमी,राष्ट्रप्रेमीहरुले देशको प्रतिक तथा प्रतिबिम्ब नेपाली झण्डा बोकेर शान्तिपूर्ण र्याली सहित नगर परिक्रमा गरेका छन।
नगर परिक्रम गर्नु अघि सबैले हात हातमा झण्डा बोकेर राष्ट्रियभाव गीत समेत गुङ्गुनाएका छन्। देश र जनताको सुरक्षामा खटिएका नेपाल प्रहरी लगायत देशको चौथो अंग मानिने संचारकर्मी तथा पत्रकारहरुलाई समेत झण्डा दिएर देशप्रति प्रेमको लागि धन्यवाद समेत दिएका छन्।
राष्ट्रिय धरोहर संरक्षक प्रतिस्ठान नेपाल,श्रद्धाबन नेपाल तथा राष्ट्रि झन्डा दिवस समारोह समितिले पाचौं रास्ट्रीय झन्डा दिवस (अन्तरास्ट्रिय मान्यता पाएको दिन) राष्ट्रिय झण्डाको सम्मान रास्ट्रको सान ,रास्ट्रको स्वाभिमानको निम्ति, राष्ट्रिय धरोहर संरक्षक प्रतिस्ठान, राष्ट्रिय झन्डा दिवस मुल समारोह समिति काठमाडौको आयोजना राजन्द मान्डवेय अध्यक्ष राष्ट्रिय धरोहर सरक्षक प्रतिस्स्ठान नेपाल, ब्बलु गुप्ता अध्यक्ष १०० ग्रुप, मुना श्रेष्ठ रेसलर, बिमल पन्त हाम्रो टिम नेपाल, अध्यक्ष लगायतको उपस्तिथी रहेको छ भने शान्तिपूर्ण र्याली लिएर हनुमानढोका दरबार क्षेत्रमा गएर कार्यक्रम समापन गर्ने भएको छ ।
र्यालीमा चन्द्र सुर्य ध्वजा अन्कित राष्ट्रिय झन्डा हाम्रो अभियान,मेरो झन्डा फरफराउछ ,चन्द्र सुर्य जगमगाउछ,मेरो राष्ट्रिय झन्डा सगरमाथादेखि सयुक्त सम्म भन्ने नारा समेत लगाएका छन्।