Nic Ad Nic Ad
Nic Ad Nic Ad

बर्षमान पुनः को स्वास्थ्यमा क्रमिक सुधार

शुक्रबार, पुस १, २०७९

काठमाडौँ– नेकपा माओबादीका उपमहासचिव बर्षमान पुनः को स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको छ । स्वास्थ्य उपचारका क्रममा चीनमा रहेका पुनः को स्वास्थ्यमा क्रमिक सुधार भएको र एक हप्ताभित्र अस्पतालले डिस्चार्ज दिने तयारी गरेको छ ।

 

उपचार सकिएपछि पुनः नेपाल फर्कने जनाएको छ । पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन् । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

 

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन् । घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन ९जण्डिशको मात्रा० २० बिन्दुमा झरेको छ । उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो । आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार