Nic Ad Nic Ad
Nic Ad Nic Ad

तेस्रो पटक उपाधि उचाल्न अर्जेन्टिनालाई एमबाप्पे र फ्रान्सलाई मेस्सी–जुलियन चुनौती

शुक्रबार, पुस १, २०७९

काठमाडौँ– कतारमा जारी विश्वकप फुटबलमा कसले बाजी मर्ला भने फुटबल शुभचिन्तकलाई खुल्दुली बढेको छ । सन् २०२२ को विश्वकप फुटबलको फ्रान्स र अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको यात्रा तय गरेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दोस्रो पटक फाइनल खेल्दैछन् । 

 

सन् २०१८ को विश्वकप फुटबलको समूह चरणमा क्रोएसियासँग ब्यहोरेको हारको बदलासमेत यो पटक अर्जेन्टिनाले लिएको छ । त्यो बेला क्रोएसियासँग अर्जेन्टिना ३–० ले हारेको थियो । यता २०१८ को विश्व विजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा मोरोक्कोलाई प्रवेश गरेको छ । दोस्रो, सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ । 

 

कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स र  अर्जेन्टिना आइतवार पुस–३ गते राती भिड्दैछन् । यो विश्वकपमा दुवै देश उपाधी आफनो पक्षमा पार्ने रणनीतिका साथ मैदानमा उत्रिने छन् । मेस्सीसँग अर्जेन्टिनाका २२ वर्षीय स्ट्राइकर जुलियन अल्भारेज पनि यो पटकको चर्चित खेलाडी छन् भने फ्रान्समा एन्टोइन ग्रिजम्यान र एमबाप्पेमा जस्ता फर्ममा रहेका चर्चित स्ट्राइकर छन् । दुवै देशका लागि स्टार र फर्ममा रहेका स्ट्राइगर खेलाडी चुनौती हुने युरोपियन मिडियाहरुले औल्याएका छन् । अर्जेन्टिना र फ्रान्स दुवै देशसँग अनुभावी खेलाडी रहेका कारण पनि एक–अर्काेलाई चुनौतीका रुपमा दुवै देशले हेरेको युरोपियन मिडियाको विश्लेषण छ । 


 
विश्वकप उपाधीसँगै व्यक्तिगततर्फ उत्कृष्ट अवार्ड कसले पाउँला भन्ने पनि उत्तिकै चर्चाको विषय बनेको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ । 

 

क्रोएसियाविरुद्ध पेनाल्टीमा गोल गरेसँगै मेस्सीले जारी विश्वकपमा पाँच गोल पूरा गरे । कतार विश्वकपमा अल्भारेजले पनि चार गोल गरेका छन् । उनले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । गोल्डेन बुटको मुख्य दाबेदारको रुपमा रहेका एमबाप्पेले पाँच गोल गरिसकेका छन्  । त्यस्तै, ओलिभियर जिरुडले पनि चार गोल गरेका छन् ।

 

समान दुई पटक विश्वकप जितेका यी दुवै देश तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्दैछन् । फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिलपछि लगातार दुई विश्वकप उपाधि जित्ने देश हुने छ ।  यसअघि फ्रान्सलाई हराउन सकेन सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको ट्राफिक उचाल्ने छ ।   अर्जेन्टिनाले दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्