Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिकाको राजनीतिमा पुनः रामाफोसा उदाउने सङ्केत

शुक्रबार, पुस १, २०७९

जोहानेसबर्ग–दक्षिण अफ्रिकाको सत्तारुढ दलले सिरिल रामाफोसालाई पुनः नेतामा निर्वाचित गर्ने तयारी गरेको छ ।


अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसीं) का करिब चार हजार ५०० प्रतिनिधिहरू चम्किलो पहेँलो र हरियो टिसर्ट लगाएर जोहानेसबर्ग नजिकैको एक कार्यक्रमस्थलमा भेला भएका छन् जहाँ उनीहरूले शनिबार नयाँ नेताका लागि मतदान गर्नेछन् ।

 

रामाफोसाले एएनसीको बागडोर सम्हाल्ने प्रयास गरिरहनुभएको छ किनभने २८ वर्ष सत्तामा रहेपछि पार्टी विभाजन र घट्दो समर्थनसँग जुधिरहेको छ ।रामाफोसाले सन् २०१७ मा एएनसीका पूर्ववर्ती प्रमुख ज्याकोब जुमा भ्रष्टाचारमा मुछिएपछि एएनसीको नियन्त्रण लिएका थिए ।

 

संसद्मा पार्टीको बहुमत आएमा दलको राष्ट्रिय अध्यक्षलाई अनुमोदन गर्ने प्रक्रियामा पनि सहजता मिल्नेछ । तर, रामाफोसाको स्वच्छ छविलाई उहाँको खेतमा लुकाइएको ठूलो नगद चोरी आरोपले प्रभावित बनाएको छ । 

 

सम्मेलन निर्धारित समयभन्दा केही घण्टा ढिला सुरु भएको थियो, तर पार्टीका एक पदाधिकारीले भने, ‘कार्यक्रम ढिला सुरू भए पनि मतदान समयमै हुनेछ र अबको करिब पाँच घण्टापछि नतिजा सार्वजनिक गरिनेछ ।” एएनसीका सदस्य ३७ वर्षीय तुमी मोगोतलालेरामाफोसा दोस्रो कार्यकालको हकदार भएको विश्वास गर्छन्।

 

“मेरो चाहना रामाफोसाले फेरि जितसन् भन्ने हो । उनी नै देशमा भ्रष्टाचार निवारण गर्ने सबैभन्दा राम्रो व्यक्ति हुन्,” एएनसीको झण्डाको छेउमा सेतो रङको शर्ट र टोपीलगाएका मोगोटलाले भने । लोडसेडिङको मार खेपेका अफ्रिकीहरू रामाफोसाप्रति भएका र उनको ठाउमा अर्को व्यक्ति (जुमा) नै आउनुपर्ने नेतृत्व परिवर्तन गर्नुपर्ने ५२ वर्षीय न्टोमबिकिसे शबालालाले बताए । “हामीलाई बलियो नेतृत्व चाहिएको छ,” उनले एएफपीसँग भने ।

 

सम्मेलनस्थलबाहिर प्रतिनिधिहरूको एक समूहले फार्मगेट काण्डका कारण रामाफोसाले राष्ट्रपति पद छोड्नुपर्छ भन्ने नारा लगाएका थिए । उनीहरुले जुमाको समर्थनमा गीत पनि गाएका थिए ।

 

सम्मेलनको पूर्वसन्ध्यामा जुमाले रामाफोसाविरुद्ध सन् १९९० को दशकमा भएको हातहतियार भ्रष्टाचारसम्बन्धी मुद्दासँग सम्बन्धित मेडिकल रिपोर्ट लीक भएको भन्दै मुद्दा चलाउन चाहेको घोषणा गरेका थिए । तर, यस कार्यले रामाफोसाको एएनसी नेताको रूपमा दोस्रो कार्यकाल सुरक्षित गर्ने सम्भावनालाई बाधा पु¥याउने सम्भावना देखिएको छैन ।

 

यदि रामाफोसाले पार्टीमा बहुमत प्राप्त गरेमा सन् २०२४ को चुनावपछि उनलाई नयाँ कार्यकालका लागि राष्ट्रपतिको टिकट प्राप्त हुनेछ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्