Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाडोयाममा बालबालिका र दीर्घरोगीको ख्याल राख्नपर्छ: चिकित्सक

शुक्रबार, पुस १, २०७९

काठमाडौँ– चिकित्सकका अनुसार जाडोयाममा बालबालिकामा रोटा भाइरसको जोखिम हुन्छ । डा.अभिजित अधिकारी भन्छन्, “रोटा भाइरसले विशेषतः बालबालिकामा झाडापखाला र वान्ताको समस्या धेरै देखिन्छ ।

 

स्कुले बालबालिकामा यो भाइरस छिटो सर्न सक्छ ।” स्वच्छ खानेपानीको प्रयोग नै यस भाइरसबाट बच्ने मुख्य उपाय हो । यस्तै बालबालिकालाई मौसमी फलफुल दिँदा सफा पानीले पखालेर मात्र दिनुपर्छ । स्वस्थ्यकर खानपानमा ध्यान दिनुपर्छ । 

 

जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने चिकित्सक बताउँछन् । डा.दिपक मल्ल  चिसोयाममा मधुमेहका बिरामीलाई विशेष सचेत हुन आग्रह गर्छन् । “मधुमेहका बिरामीले हिटर र आगो ताप्नु हुँदैन् । उहाँहरुको छाला पातलो हुन्छ । धेरै तापक्रमले छाला पोल्ने र घाउ बनाउने जोखिम धेरै हुन्छ ।” रासस

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार