Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलेसिया पहिरोमा बिदा मनाउन क्याम्पभित्र बसेका २१ जनाको मृत्यु

शनिबार, पुस २, २०७९

एजेन्सी । मलेसियाको पहिरोमा परी बिदा मनाउ गएका २१ जनाको एकै स्थानमा मृत्यु भएको छ । सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरु सबै एउटै क्याम्पमा बसेका थिए । 


बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए ।

 

सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए। फार्मका प्रबन्धकहरूले कम्तीमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए। १४ जना  हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्