कोभिड प्रतिबन्ध खुकुलो पारेपछि बेइजिङमा २ जना पत्रकारको मृत्यु
एजेन्सी । कोभिड–१९ कारण प्रतिबन्ध लगाएको बेइजिङमा प्रतिबन्ध खुकुलो बनाए लगतै २ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम चिनियाँ सरकारी सञ्चारमाध्यमका २ जना पूर्वपत्रकारहरूको मृत्यु भएको छ । सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो ।
पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ ०८:३४
प्रतिक्रिया दिनुहोस्