Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाडो समयमा रुघाबाट बच्न खानपानको महत्व

शनिबार, पुस २, २०७९

काठमाडौँ । भोजनमा सुधार र आराम ध्यानको राम्रो व्यवस्थापनबाट यसको उपचार गर्न सकिन्छ ।

– मनतातो पानीमा मह र कागती मिलाएर पिउनु लाभदायक हुन्छ ।

– अदुवा पानी उमालेर त्यसमा मह मिलाएर पिउनु हितकर हुन्छ ।

– भिटामिन सीयुक्त फलफूलहरुको जुस पिउनु पर्दछ ।

– भुइँकटहरको जुस पनि यो समस्यामा लाभदायक हुन्छ ।

– लसुनको सुप रुघाको परम्परागत औषधि मानिन्छ ।

– लसुनलाई एक मिनेट उमालेर वा काँचै ५–६ केस्रा दैनिक सेवन गर्नु अत्यन्त स्वस्थकर मानिन्छ ।

– प्याजलाई पनि दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।

– बेसार, मेथी, ज्वानो, अदुवा, जिरा, तुलसी आदि उमालेर पानी पिउनु रुघाखोकीमा ज्यादै लाभदायक हुन्छ ।

– बाबरी (पुदिना) १० ग्राम हरियो प्याजको सेतो डाँठ पिनेर पानीमा उमालेर पिउनाले रुघाको कारण हुने टाउको दुखाइमा लाभ गर्दछ ।

–  मूला, पुदिना, हरियो प्याजको टाउको, सुन्तलाको बोक्रा आदि रुघामा लाभदायक हुन्छ ।

– १०० ग्राम अदुवा पिनेर त्यसको रस जाँडमा मिसाउने । त्यसलाई हल्का तताएर पिउनाले शरीरलाई तातो बनाउँछ । 

साभार: ‘एकसे एक उपचार’ पुस्तकबाट

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्