कोल्डड्रिङ्स र ट्वाइलेट क्लिनर हार्पिकको पी.एच बराबार
काठमाडौँ । तपाईंले धेरैपटक सुनेको हुनुपर्छ कि प्रसिद्ध योगगुरु स्वामी रामदेव बाबा बजारे कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनर भन्ने गर्छन् । ठुलाठुला विद्वान्हरुले यसलाई ट्वाईलेट क्लिनरको दर्जा यसै दिएका होइनन् किनकि यस पछाडि अनेकौँ वैज्ञानिक तथ्य मौजुद छन् ।
जिज्ञासुहरुले यस विषयमा पनि बृहत् खोज अध्ययन गरेका छन् । ती खोजकर्ताले कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनरसँग तुलना गर्न यसको पी.एच. गुणत्वको सहयोग लिएका थिए । पी.एच. स्तरले कुन वस्तुमा कति एसिड (अम्लतत्व) छ भनी देखाउँछ ।
सामान्यतया पिउन योग्य पानीको पी.एच ७ हुनुपर्ने मान्यता विश्वभरि छ । ७ पी.एच. स्तरको पानीमा यदि हाइड्रोक्लोरित एसिड वा सल्फ्यूरिक एसिड वा नाइट्रिक एसिड या अन्य कुनै एसिड मिसाइदिने हो भने त्यसको स्तर घटेर ६ हुन्छ । त्यसमा अझै बढी एसिड मिसाइ दिने हो भने त्यसको स्तर ५ हुँदै क्रमशः घट्दै जान्छ ।
अर्थात् जति बढी एसिड मिसाया पी.एच. भ्यालु पनि सोही मात्रामा घट्दै जान्छ । परीक्षणको क्रममा खोजकर्ताहरुले कोकपेप्सीको पी.एच. स्तर परीक्षण गर्दा जम्मा २.४ देखियो । भारतीय प्रसिद्ध आयुर्वेदज्ञ राजीव दीक्षितकै समूहले गरेको उक्त परीक्षणले एकपटक निकै सनसनी मच्चाएको थियो ।
अर्काे चाखलाग्दो तथ्य के हो भने ट्वाइलेट सफा गर्न प्रयोग गरिने हार्पिकको पी.एच. स्तर पनि २.४ नै पाइयो । जब तपाईं आफै अनुमान गर्नुहोस्, कोल्डड्रिङ्सको नाममा कति बाक्लो एसिड हाम्रो पेटमा गइरहेको रहेछ ?
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट