महिनावारीमा पीडा कम गर्न खानपानको महत्व
काठमाडौँ । महिनावारी भएको वेला कम्मर, तल्लो पेट, घुँडा, पिँडौला आदि दुख्ने समस्यालाई म्थmभलयचचजभब भनिन्छ । पाठेघरको मांसपेशी खाँदिने वा साह्रो हुने कारणले यो दुखाई हुने गर्दछ ।
उचित आराम, व्यायामको सन्तुलनका साथ साथै भोजनमा सुधार गरी यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
– दुखाइको अवस्थामा अदुवा पानी उमालेर त्यसमा मह मिसाएर पिउँदा राहत मिल्दछ ।
– खुर्सानी पानी पिउनाले पनि दुखाई कम गर्छ ।
– दैनिक भोजनमा चिल्लो बोसोयुक्त खाना छोडी रेसादार खाना समावेश गराउनुपर्दछ ।
– रेशादार खाना अन्तर्गत फलफूल, तरकारी र सलादहरु, ब्राउन राइस, आँटा आदि पर्दछन् ।
– ओमेगा–३ को स्रोत आलस (एक चम्चा) अथवा जैतुनको तेल (१–२ चम्चा) यो समस्यामा लाभदायक मानिन्छ ।
– यो समस्यामा म्याग्नेसियम (भट्मास, कलेजो), भिटामिन बी६ (केरा, अण्डा, बन्दा, गहुँको चोकर), भिटामिन बी३ (सूर्यमुखीको बियाँ, बदाम, माछा, अन्न) भिटामिन सी (अमिला जातका फलफूल), क्याल्सियम (तील, दही, दूध) भिटामिन ई (गहुँका परिकार, ब्रोकाउली, काजु, पेश्ता आदि) सेवन गर्नु स्वस्थकर मानिन्छ ।
– तोरीको साग, पालुङ्गो मेथी आदि लाभदायक हुन्छन् ।
साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट