Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप : २७ वर्षपछि मोरक्को र क्रोएसिया आमनेसामने, कसले जित्ला तेस्रो स्थान

शनिबार, पुस २, २०७९

काठमाडौँ । कतारको खालिफा स्टेडियममा आज बेलुका पौने ९ बजेदेखि २२ औं संस्करणको फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज खेल हुँदैछ ।  


कतारमा जारी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि आज राती मोरक्को र क्रोएसिया भिड्दैछन् । विश्वकपमा सनसनीपूर्ण खेलको नतिजा लिएर सेमिफाइनलमा दुवै देश बलियो भित्र परेका थिए । 


मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ खेल्दै छ । विश्वकपमा पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को अन्तिम चारमा पुगेको देश पनि हो । 


उत्तर अफ्रिकन टोली मोरक्को फिफा विश्वकपको कसैले नसोचेको नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको थियो । मोरक्कोको बलियो रक्षापंक्ति फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीको गोलसँगै वालिद रेग्रगुईको प्रशिक्षणमा रहेको मोरक्को पहिलोपटक विश्वकप फाइनल खेल्नबाट रोकियो । 


मोरक्कोको सबैभन्दा बलियो पक्ष भनेको रक्षापंक्ति र डिफेन्ट नै हो । मोरक्कोले प्रतियोगितामा पाँच ‘क्लिन सिट’ समेत राखेको थियो । सेमिफाइनलबाहेक अन्य खेलमा मोरक्कोको पोस्टमा विपक्षी खेलाडीले सहजै गोल गर्न सकेका थिएनन् ।  


मोरक्कोका कप्तान रोमाइन साइसको नेतृत्वमा रहेको टोली बलियो थियो । अफ्रिकन फुटबलका लागि प्रसिद्ध अनुहार हर्बे रेनार्डको प्रशिक्षकमा मोरक्कोले सन् १९९८ पछि पहिलोपटक रुसमा विश्वकप खेलेको थियो । २०१८ मा रुसमा भएको विश्वकपमा  मोरक्कोलाई हराएका स्पेन र पोर्चुगलजस्ता उपाधि दाबेदार टिमलाई घर पठाउँदै मोरक्कोले हराउँदै सेमिफाइनलमा पुगेको थियो । 


यता, अर्जेन्टिनासँग अर्जेन्टिना ३–० ले पराजित भएसँगै क्रोएसिया पनि सेमिफाइनलमा रोकियो । आज क्रोएसियाले तेस्रो स्थानका लागि मोरक्कोसँग भिड्दै छ । अर्जेन्टिनासँग हारसँगै क्रोएसियाको लगातार दोस्रोपटक फाइनल खेल्ने सपना रोकियो । 


लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगेपनि तेस्रो स्थानमा आफनो जीत निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिदै छ ।  सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ ।

 
सन् १९९८ मा पहिलोपटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसवेला क्रोएसिया नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको थियो । क्रोएसिया भने विश्व खेल जगतमा राम्रै छापा भएको देश हो । यो देशबाट विश्वकपमा सहभागि आधा दर्जन भन्दा धेरै खेलाडी युरोपका विभिन्न क्लबमा आवद्ध छन् । 


कतारको खलिफा अन्तर्राष्ट्रिय मैदानमा मोरक्को र क्रोएसिया तेस्रो स्थान हात पार्दै २०२२ को विश्वकपबाट घर फर्किन चाहान्छन् । मोरक्को र क्रोएसियाबीचको पहिलो भेट सन् १९९६ मा भएको थियो । यो पटकको विश्वमा दुवै देश तेस्रो उपाधि हातमा पार्ने रणनीतिमा रहेको पश्चिममा मिडियाहरुले औल्याएका छन । 

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्