ओमानमा आप्रवासीका कामदारका समस्या सुन्न हटलाइन सुविधा
ओमान रोयल प्रहरीले आप्रवासी श्रमिकको समस्या सुन्नका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार ओमान प्रहरीले श्रमिकका समस्या सुन्नकै लागि ८००७७४४४ नम्बरको टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।
दुतावासले रोजगारदाता कम्पनीले श्रमिकलाई आफूसँगै पासपोर्ट राख्न नदिएमा, करारमा उल्लेख गरिएभन्दा कम तलब दिएमा, अतिरिक्त पारिश्रमिक बिना बढी काम लगाएमा, पाउने सेवा सुविधा नदिएमा, भिसाको पैसा तिर्न लगाएमा वा आफ्नो समस्या कसैलाई भनेमा कारबाही गर्ने धम्की दिएमा ओमान रोयल प्रहरीलाई फोन गरेर उजुरी गर्न सकिने सम्बन्धी पक्षलाई जानकारी गराएको छ । ओमानमा रहेको नेपालीहरुलाई समेत ओमान प्रहरीले दिएको सुविधा प्रयोग गरि समस्याबाट बच्न दूतावासले आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्