Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिफा विश्वकप : कहाँबाट ल्याउँछ कतारले फुटबल ग्राउण्ड भिजाउन दैनिक १० हजार लिटर पानी ?

शनिबार, पुस २, २०७९

काठमाडौँ । आइतबार कतारको लुसेल रंगशालामा अर्जेन्टिना र फ्रान्सबीच विश्वकपको फाइनल खेल हुँदै छ । प्रतियोगिता सुरु भएदेखि नै यस रंगशालाको पिचमा ३०० टन पानी परेको छ । 


कतारको मरुभूमि जस्तो वातावरणमा ग्राउन्डलाई खेल्न योग्य र यसको मौलिक स्वरूपलाई बनाएर राख्न दैनिक १० हजार लिटरभन्दा बढी पानी छर्किरहेका छन् । कतारमा यस्ता दर्जनौं पिच छन् जुनप्रतियोगिता खेल र खेलाडीको अभ्यासका लागि प्रयोग हुँदै आएको छ ।


कतार विश्वविद्यालयका जल विज्ञानका प्रोफेसर राधौयान बिन हमादौका अनुसार प्राकृतिक स्रोतबाट उपलब्ध हुने पानीमा भर परेर बस्ने हो भने कतारमा १४ हजार मानिस मात्रै बसोवास गर्न सकिन्छ । यसले विश्वकपस्टेडियमको एक चौथाई पनि भर्दैन् । 
 

विश्वमा सबैभन्दा बढी पानीको अभावबाट प्रभावित मुलुकमध्ये कतार पनिएक हो । यो विश्वकप मुल योजनाअनुसार गर्मी महिनामा खेलिएको भए । प्रत्येक पिचमा दैनिक ५० हजार लिटर पानी चाहिन्थ्यो  । त्यस्तै कतारको मैदानमा पिच तयार गर्ने कर्मचारीहरू यहाँ आफ्नो देशको अवस्थाभन्दा बढि चुनौतीहरू रहेको बताउछन् । 


कतारमा करिब २९ लाख मानिस बस्छन् । कतारको जनसंख्या र त्यहाँ उपलब्धप ानीको मात्राबीच ठूलो अन्तर छ । यस्तो अवस्थामा कतारले आफ्नो आवश्यकता पूरा गर्न अन्यत्रबाट पानीको व्यवस्था गर्नु पर्ने हुन्छ । 


यूके सेन्टर फर एन्भाइरन्मन्ट, फिसरीज एन्ड एक्वाकल्चर साइन्समा मिडलइस्ट प्रोग्राम निर्देशक डा.विल ले क्वेस्नेका अनुसार पानीको ठुलो परिमाण समुद्रको पानी प्रशोधन गरी त्यसबाट नुन हटाएर तयार पारिन्छ । घरायसी प्रयोजनका लागि झन्डै शतप्रतिशत त्यसरी नै जोहो गरिएको पानीप्रयोग हुँदै आएको छ । 


यस प्रक्रियाअन्तर्गत समुद्रबाट नुनिलो पानी लिइन्छ, त्यसबाट नुन र अन्य अशुद्धता हटाइन्छ र त्यसपछि यो पानी पिउन र लुगाधुन उपयुक्त हुन्छ ।

 

यस प्रक्रियाबाट कतारले ठूलो मात्रामा पानी उत्पादन गर्छ तर कतारले विश्वकप जस्ता ठूला खेलकुद प्रतियोगिता आयोजना लगभग सम्पन्न गर्न लागि रहेको छ । 

 

कतारले यसरी ठुलो परिमाणमा पानी उत्पादन गर्छ । यो अवस्था बढ्दै जाने र देश विकसित हुँदै जानुका साथै विश्वकप जस्ता ठुला खेलकुद कार्यक्रमहरू आयोजना गर्ने योजना बनाउन ठुला मात्रामा पानी उत्पादन गरेको छ । 

 

यो विश्वकपमा कतारमा करिब १० लाख पर्यटक आएका छन् । यस्तो अवस्थामा पानीको खपत करिब १० प्रतिशतले बढेको अनुमान गरिएको छ । कतारसँग समुद्रको पानी जति पनि उपलब्ध छ र प्राकृतिक ग्यासको भण्डार रहेकाले यसका लागि खर्च गर्न ऊ आर्थिक रूपमा सक्षम पनि छ । तर यसरी पानी तयार पार्नका लागि निकै धेरै ऊर्जाको आवश्यकता पर्छ ।

 

खाडी क्षेत्रमा समुद्रको पानी प्रशोधन गर्नका लागि आवश्यक पर्ने ९९.९० प्रतिशतऊर्जाका लागि सस्तो पर्ने हाइड्रोकार्बन इन्धनप्रयोग गरिने डा.ले क्वेस्नेले बताए । तर तेल र ग्यासजस्ता ’हाइड्रोकार्बन’ ले गर्ने प्रदूषणका निकै हानिकारक हुन्छ ।

 

तर सन् २०३० सम्ममा कतारले हरितगृह ग्यास उत्सर्जन २५ प्रतिशतले घटाउने लक्ष्यलिएको छ । डा.बेन हम्माडोउ पानी बिना बाँच्न नसकिने भएका कारण कतारमा पानीको समस्या चाडैँ समाधान हुन सक्नेमा आफु आशावादी रहेको बताउछन् । 
ि

 

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्