Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० जनाको मृत्यु

शनिबार, पुस २, २०७९

संयुक्त राष्ट्र सङ्घ– पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।

 

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय ९ओसीएचए० का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।

 

लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पु¥याएको कार्यालयले जनाएको छ । ओसीएचएले भनेको छ, “मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू बाढी पहिले नै उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुधिरहेका थिए । 

 

राष्ट्रिय र स्थानीय अधिकारीहरूले मानवीय एजेन्सीहरूको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।  रासस÷सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्