Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहाडी भू-भागमा वर्षा र हिमतापको सम्भावना

आइतबार, पुस ३, २०७९

काठमाडौँ । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको कारण पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । 


देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही तराईका भू-भागमा हुस्सु र कुहिरो रहेको कारण चिसो बढ्ने महाशाखाले जनाएको छ । 


दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


राती प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०६:१७
प्रतिक्रिया दिनुहोस्