Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिफा विश्वकप २०२२ : क्रोयसिया तेस्रो

आइतबार, पुस ३, २०७९

काठमाडौं । फिफा विश्वकप २०२२ को क्रोएसियाले तेस्रो स्थान जित्न सफल भएको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेर तेस्रो स्थान जित्न सफल भएको हो । 

क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरको प्रदर्शन गरे। सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित गरेको छ । क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । 


प्लेअफ खेलको सुरुवात शानदार र विष्फोटक रह्यो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अगत्रता बनाएको थियो । तर, अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।


मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो । तर, डिफ्लेक्ट भएपछि बलले पोष्टको दिशा लियो, जसलाई मोरक्कोका प्रोफोलिक गोलकिपर यासिन बोनोले पनि अनुमान गर्न सकेनन् ।


पहिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केहि राम्रा अवसरको उपयोग गर्न सकेन । जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ ।


कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्