सन् २०२३ मा आर्थिक संकट हुने प्रक्षेपण, के–कस्ता हुनेछन् चुनौती
काठमाडौँ । सन् २०२२ को लगभग अन्तिम संघारमा आईपुगेका छौँ । त्यसो त यो वर्षले पनि सबैलाई निराशाजनक बनाउँदै समाप्त हुँदैछ । अक्टोबरमा, अन्र्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा विश्वमा आर्थिक वृद्धि कमजोर हुने प्रक्षेपण गर्दै आफ्नो वार्षिक आर्थिक प्रतिवेदन जारी ग¥यो । उक्त प्रक्षेपणमा तीनवटा कुरामा विशेष जोड दिएको छ । ती हुन् विश्वमा भईरहेको उच्च मुद्रास्फीति र केन्द्रीय बैंकको कडाई, रूसको युक्रेनमा आक्रमण, र चीनमा कोभिडको निरन्तर प्रभाव ।
यस्तै, सन् २०२३ मा आर्थिक गतिविधिमा प्रभाव पार्न सक्ने कारणमा चीन र इरानमा भइरहेको विरोध प्रदर्शन, युरोपमा उर्जाको अभाव, विकासोन्मुख देशहरूमा उच्च बाह्य ऋण लगायतको रहेको छ । पछिल्लो १२ महिनामा भएको भूराजनीतिक गतिविधि, युद्ध, मूल्यवृद्धिले विश्व अर्थतन्त्रका लागि थप चुनौतीलाई सिर्जना गरेको छ ।
स्ट्यानफोर्ड ग्रेजुएट स्कूल अफ बिजनेसमा वित्त र अर्थशास्त्रका प्रोफेसर अनत एडमतीका अनुसार पछिल्लो समय घटेका धेरै परिदृश्यहरूले २०२३ मा “आर्थिक संकट“ हुने अनुमान गर्न सकिन्छ । उनी भन्छन्— ‘यदि युक्रेनमा युद्ध अझ बढ्यो, वा चीन–ताइवानको तनाव वृद्धि भयो भने आपूर्ति थप प्रभावित हुन सक्छ ।’ जसका कारण विश्वमा खाद्यान्न तथा अन्य महत्वपूर्ण वस्तुको अभाव र मूल्य वृद्धि हुन सक्छ । वित्तीय प्रणाली अहिले जति नाजुक, खतरनाक अवस्थमा पुगेको छ, त्यो भन्दा सायद बढी हुन सक्छ । यसकारण पनि २०२३ मा आर्थिक संकटको अनुमान लगाउन सहजै सकिने उनले बताए ।
त्यस्तै, युक्रेनमा चलिरहेको युद्धले यूरोपको व्यापार ठम्म भएको छ । यस्तै, विश्वव्यापी लकडाउनपछि चिनियाँ अर्थतन्त्रको पूर्ण रुपमा पुनः खोलीनसकेको अवस्थामा हालैका धेरै विश्लेषणहरूका अनुसार सन् २०२३ विश्वव्यापी रुपमा अर्थतन्त्रको खस्किने छ ।
संयुक्त राज्य अमेरिकामा रोजगार बजारलाई थप कडा गर्नाले आर्थिक मन्दी हुने अनुमानलाई थप टेवा दिएको छ । झन् पछिल्लो समय यूरोप र बेलायतमा भएको बढ्दो मुद्रास्फीति र खस्कदो व्यापार गतिविधिले यो अनुमान लगाउन सहज भएको छ । त्यसैले पनि आगामी वर्ष थप चुनौतीको वर्ष हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय वित्त संस्थानले २०२३ मा आर्थिक वृद्धि केबल १.२% हुने प्रक्षेपण गरेको छ । यो सन् २००९को अवस्थामा पुग्नु जस्तै हो ।
आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले पनि यो प्रक्षेपणलाई स्वीकार गरेको छ । यस हप्ता जारी गरिएको एक प्रतिवेदनमा, संगठनका अन्तरिम प्रमुख अर्थशास्त्री अल्भारो सान्तोस परेराले लेखे, “हामी हाल निकै कठिन आर्थिक दृष्टिकोणको सामना गरिरहेका छौं । हाम्रो केन्द्रीय परिदृश्य विश्वव्यापी मन्दी होइन, तर २०२३ मा विश्व अर्थतन्त्रको लागि महत्त्वपूर्ण वृद्धि मन्दी हो, साथै धेरै देशहरूमा मुद्रास्फीति घट्दै गए पनि अझै उच्च छ।“
अमेरिकी ब्याज दर
संयुक्त राज्य अमेरिकामा, मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भले गरेको प्रयासले त्यहाँको अर्थतन्त्रमा वर्तमान र भविष्यका असर पर्ने देखिन्छ ।
सन् २०२१ को मध्यमा मूल्यहरू उल्लेखनीय रूपमा उकालो लाग्न थालेपछि अमेरिकाले ४० वर्षयता उच्च स्तरको मुद्रास्फीतिको अनुभव गरिरहेको छ । २०२२ को सुरुमा, वार्षिक दरहरू ६% भन्दा बढी थियो, र अलिकति उतार चढाव हुँदा, अक्टोबरमा यो दर ६.६% मा पुग्यो ।
मार्चको शुरुवातमा, केन्द्रीय बैंकको खुला बजार समिति जसले आधार ब्याज दरहरू निर्धारण गर्ने गर्दछ । उसले व्याजदरमा नाटकीय वृद्धि गरेको छ । उसले निर्धारण गरेको व्याजदर ०.०% बाट ०.२५% देखि ३.७५% र अहिले ४.०% पुगेको छ । अमेरिकाको केन्द्रीय बैंकले बचतको ब्याजदरलाई थप आकर्षक र ऋणको दरलाई कम बनाएर माग घटाउने र मूल्यवृद्धिको दरलाई सुस्त बनाउने काम गरिरहेको छ ।
मन्दीबाट बच्ने
अमेरिकाको केन्द्रीय बैंकको लक्ष्य भनेको अर्थतन्त्रलाई मन्दीमा बचाएर मुद्रास्फीति नियन्त्रणमा ल्याउनु हो । तर पनि यो प्रयास सफल हुन सकेको छैन् र मन्दीको खतरा अझै पनि छ ।
यस हप्ता जारी गरिएको एक तथ्याङ्कले अमेरिकामा व्यापार गतिविधि लगातार पाँचौं महिनामा संकुचित भएको छ । उद्योग तथा कम्पनीहरूले उपभोक्ता माग घटेको जनाएका छन् । यद्यपि हालका महिनाहरूमा अर्थव्यवस्थाले रोजगारीहरू सिर्जना गर्ने कार्य जारी राखेको छ, बेरोजगारी लाभहरूका लागि आवेदनहरू बढिरहेका छन्, जसले श्रम बजारमा सम्भावित नरम हुने सुझाव दिन्छ ।
फेडरल रिजर्भले यस हप्ता एफओएमसीको प्रारम्भिक नोभेम्बर बैठकबाट म्याइनुट सार्वजनिक गरेको छ । उक्त म्याइनुटमा आगामी वर्षमा अमेरिकी अर्थतन्त्रको बारेमा केन्द्रीय बैंकका कर्मचारी अर्थशास्त्रीहरूबीच निराशावादी दृष्टिकोण राखेका थिए ।
तिनीहरूको निष्कर्षहरू भनेको अर्को वर्ष अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना प्रस्तुत गरेका थिए ।
विश्वव्यापी संघर्ष
अन्तर्राष्ट्रिय रूपमा, विभिन्न देशले एउटा कठिन चुनौतीको सामना गरिरहेका छन् । वस्तुको मूल्य नाटकीय रूपमा बढिरहेको छ । त्यसमा झन युक्रेन युद्धको गहिरो प्रभाव परेको छ । विशेष गरी खाद्यान्न र इन्धन जस्ता आवश्यक वस्तुको मूल्य आकासिएको छ ।
यस हप्ताको एक प्रतिवेदनमा, अन्तर्राष्ट्रिय मुद्रा कोषले सरकारहरूले व्यवस्थापन गर्नुपर्ने कठिन सन्तुलन कार्यलाई औंल्याएको छ । उक्त प्रतिवेदनमा खाद्यान्न र उर्जाको मूल्य व्यवस्थापन गर्न सर्वसाधारण संघर्ष गरिरहेका उल्लेख गरेको छ । सरकारले मुद्रास्फीतिबाट थप जोखिम हुनबाट जोगिनै पर्छ । धेरै उन्नत र उदीयमान अर्थतन्त्रहरूमा, वित्तीय संयमले ऋण घटाउने क्रममा मुद्रास्फीति कम गर्न सक्छ ।
इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्स (आईआईएफ) का अनुसार २०२३ मा विश्वव्यापी वृद्धि न्यून तर शुद्ध सकारात्मक रहे पनि विशिष्ट क्षेत्रहरूले गिरावटको सामना गर्नुपर्नेछ । तिनीहरूमध्ये प्रमुख युरोप हो, जहाँ आईआईएफले जीडीपीमा २.०% गिरावटको पूर्वानुमान गरेको छ ।
यद्यपी २०२३ मा ल्याटिन अमेरिका र चीनजस्ता देशहरुको अर्थतन्त्र सकारात्मक हुने विश्वास गरिएको छ ।
ल्याटिन अमेरिकाका धेरै देशहरू, जहाँ काठ, अयस्क, र अन्य प्रमुख आर्थिक सामग्रीहरू सहित कच्चा मालको निर्यातले धेरै अर्थतन्त्रहरूलाई चलायमान बनाउनेछ । ती वस्तुहरूको मूल्य बढेको कारण विश्वव्यापी मुद्रास्फीति लाभदायक साबित भएको छ । आईआईएफ रिपोर्टले यस क्षेत्रभरि जीडीपी मा १.२% विस्तारको प्रक्षेपण गरेको छ ।
चीनले राष्ट्रपति सी जिनपिङको “शून्य–कोभिड“ रणनीतिको परिणाम स्वरूप आर्थिक रूपमा पीडा भोगेको छ, जसले सम्पूर्ण शहर र क्षेत्रहरूलाई ठूलो लकडाउन गर्न बाध्य पारेको छ जसले गर्दा आर्थिक गतिविधिमा ठप्प भएको थियो । तथापी आगामी वर्षमा चिनियाँ अर्थतन्त्रले आफूलाई पुनरुत्थान गर्ने प्रयास गर्दा २.०% सम्मको आर्थिक वृद्धि हुनेछ ।
बेलायतले थप सामना गर्ने
बेलायतले आगामी वर्ष सबैभन्दा निराशाजनक अवस्था सामना गर्ने प्रक्षेपण गरिएको छ । यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीतिको दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । यो क्रम केही तलमाथि भए पनि २०२३ मा पनि निरन्तरता हुनेछ ।
जी–७ देशहरू मध्ये, बेलायत एक मात्र हो जहाँ आर्थिक गतिविधि पूर्वकोभिड अवस्थामा फर्किएको छैन् । यो अझै संकुचित हुने पूर्वानुमान गरिएको छ । ओईसीडीले सन् २०२३ मा बेलायती अर्थतन्त्र ०.३ प्रतिशतले घट्ने र २०२४ मा ०.२ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेको छ ।
एजेन्सीको सहयोगमा