साढे १८ सयको ‘रेन्ज’ मा नेप्से, एक अर्ब १५ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा निरासा कायमै छ । अघिल्लो सातादेखि घट्न थालेको सेयर बजार यो साताको पहिलो दिन पनि घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से परिसुचक २७.५४ अंकले घटेको छ । आज कारोबार समयमा ३७ लाख ७८ हजार कित्ता सेयर १ अर्ब १५ करोड ७१ हजार रुपैयाँमा खरिद बिक्री भए ।
नेप्सेले दिएको जानकारी अनुसार आज २५ कम्पनीका सेयर मूल्य बढेको छ भने १८० कम्पनीका सेयरको मूल्य घटेको छ । ५ कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्य सर्किट लेबलमा पुगेर कारोबार भएको छ । इष्टर्न हाइड्रोपावरको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आईएमई व्यालेन्स फण्ड–१ को मूल्य ९.३५ प्रतिशतले र धौलागिरी लघुवित्त वित्तीय संस्थाको मूल्य ८।२ प्रतिशतले बढेको छ ।
नेप्से परिसुचक भने घटेर साढे १८ सय विन्दुको नजिक आइपुगेको छ । आज कारोबार बन्द हुँदा परिसुचक १८५५.०६ विन्दुमा छ ।